गृहमन्त्री बालकृष्ण खाँण र कानून मन्त्री गोविन्द बन्दी केपि ओली भेट्न बालकोटमा

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र कानून मन्त्री गोविन्द बन्दी प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट दुई जना मन्त्री ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन् ।

संसदमा विचाराधीन विधेयकहरूको सन्दर्भमा छलफल गर्न गएको कानूनमन्त्री निकट स्रोतले जनाएको छ ।संक्रमणकालीन न्याय सम्बन्धी कतिपय विषयमा छलफल गर्नका लागि भनिए पनि वार्ताको विषय सार्वजनिक गरिएको छैन ।nepalpress

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज