अखिल नेपाल किसान महासंघ कुस्मा नगरकमिटीले नगरपालिकामा बुझायो माग पत्र

पर्वत,कुस्मा
नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ कुस्मा नगरकमिटीले कुस्मा नगरपालिकामा विभिन्न माग राख्दै मागपत्र बुझाएको छ । आगामी आर्थिक वर्ष ०७९र८० को बजेटमा कृर्षिक्षेत्रलाई प्राथमकिता दिन माग गर्दै कुस्मा नगरपालिकामा मागपत्र बुझाएको अखिल नेपाल किसान महासंघले जनाएको छ ।
अखिल नेपाल किसान महासंघ कुश्मा नगर कमिटीका अध्यक्ष सिर्जन पौडेलको नेतृत्वमा गएको कृषकहरुको टोलीले नगरप्रमुख रामचन्द्र जोशी, उपप्रमुख स्वस्थानी रिजाल र प्रमुख प्रशासकिय अधिकृत कुमानसिंह गुरुङलाई मागपत्र बुझाएको हो । आगामी बजेट नीति तथा कार्यक्रममा समेट्नु पर्ने २५ वटा माग सहित पत्र बुझाईएको अध्यक्ष पौडेलले सचेत न्युजलाई जानाकारी दिनुभयो ।
तरकारीको उत्पादनको आधारमा अनुदानको व्यवस्था, दुध संकलन केन्द्र, दुध उत्पादक कृषकलाई प्रति लिटर ५ रुपैँया अनुदान, तरकारीको दैनिक मूल्य निर्धारण समिति गठन गर्न मागपत्रमा लेखिएको छ । त्यस्तै सवै वडामा टोल विकास संस्था गठन गर्ने, वडा स्तरीय कृर्षि सहकारी बनाउने, प्रत्येक वडाको केन्द्रमा कृर्षि उपज संकलन केन्द्र बनाउने, नगर बजारलाई थप व्यवस्थीत गर्न नगरबजारमा सहकारीलाई सहजीकरण गर्न २ जना व्यवस्थापक नियुक्त गर्न समेत सो पत्रमा माग गरेको छ ।
एक रोपनीमा एक खेती मसिन कार्यक्रम, प्रत्येक वडामा नर्सरी स्थापना, व्यावसायीक पशु पंक्षी पालक कृषकलाई उत्पादनको आधारमा अनुदान, सवै पशु र कृर्षिबालीको निशुल्क विमाको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । त्यसैगरी निशुल्क उन्नत कृित्रम गर्भाधान कार्यक्रम लागु गर्नेपर्ने, साना किसानहरुका लागि निरन्तर रुपमा अनुदानको व्यवस्था गर्नेपर्ने माग समेत किसान महासंघले गरेको छ ।
मागपत्र बुझ्दै नगरप्रमुख रामचन्द्र जोशीले आफु कृिर्ष क्षेत्रको विकासका लागि सकारात्मक रहेको बताउँदै कृषकमुखी बजेट बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ भने उपप्रमुख स्वस्थानी रिजालले पनि किसानका बिषयमा आफु सचेत रहेको बताउनुभयो । मागपत्र बुझाउन किसान महासंघका अध्यक्ष पौडेल, सचिव बिदुर लामिछाने लगायत अन्य किसानहरुको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज