विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्ने लर्को देखियो

काठमाडौं, ६


शुक्रबार आज विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्ने लर्को बढेको छ । रौतहटका माओवादी, मधेशबादी र समाजवादीका ठूलो संख्यामा नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले अध्यक्षका केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।
उनीहरुलाई आज बालेकाटमा टिका, खादा लगाएर ओलीले पार्टीेमा स्वागत गरेका हुन् ।

एमाले स्थायी कमिटी सदस्य प्रभु साहको पहलमा जसपाबाट प्रभावशाली नेता जितेन्द्र प्रसाद कुशुवहा, चन्द्रशेखर प्रसाद सिंहलगायतका नेताहरु एमालेमा प्रवेश गरेका छन् । यता नेकपा एकीकृत समाजवादीबाट जीतन राय यादव, राजगिर साहलगायतका नेताहरु एमाले प्रवेश गरेका छन् ।

यसैगरी लोसपाबाट माधवनारायण नगरपालिकाका उपमेयर प्रत्याशी जमुना देवी साह, भाभिकन महतो, ओमप्रकाश चौधरीलगायतका नेताहरै एमाले प्रवेश गरेका हुन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट पनि एमालेमा प्रवेश गरेका छन् । गढ़ीमाई नगरपालिकाका मेयर प्रत्याशी रामाकान्त यादव, हृदयनारायण साह, मेराजुल हक लगायतका नेताहरु माओवादी बाट प्रवेश गरेका छन् ।  उनीहरुले एमालेमा प्रवेश गर्दै पार्टी र पार्टीका काममा अहोरात्र खट्ने बताएका छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज