काठमाडौं– गढबन्धनका एक जना बरिष्ठ नेताले गठबन्धन सरकारकै कारण मुलुकको राष्ट्रियतामाथि खतरा बढदै गएको निश्कर्ष व्यक्त गर्नु भएको छ । नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नागरिकता बिद्येयक पारित गरेकोमा कडा आपत्तिसहित गठबन्धनले राष्ट्रियतामाथि नै खतरा बढाएको निश्कर्ष व्यक्त गर्नु भएको हो । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै श्रेष्ठले सत्तारुढ दलहरु राजनीतिक स्वार्थ प्रेरित भएर अघि बढने गरेकाले पनि मुलुकको राष्ट्रियता खतरामा पर्दै गएको बताउनु भयो । उहाँले भन्नू भयो ‘नागरिकता बिद्येयक आपत्तिजनक छ, त्यो पारित गर्न हुन्थेन, तर जवर्जस्ती गरियो,’ श्रेष्ठका अनुसार , ‘यस्तो काम निष्ठा कमजोर हुँदै गएको समस्या रहेको बताउनु भयो । तत्कालीक राजनीतिक स्वार्थबाट प्रेरित हुँदै गएको समस्या हो । त्यसको कारणले चुनौति बढेको हो। र, खतरा पैदा भएको हो ।’
पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका श्रेष्ठले नागरिकतासम्बन्धि विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा कडा आपत्ती जनाउँदै सरकार र सत्तारूढ गठबन्धनप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले अन्तरबस्तु र पद्धति दुवै हिसावले गलत ढंगले सो विधेयक प्रतिनिधिसभाबाट सत्तारूढ गठबन्धनले पारित गराएको भन्दै श्रेष्ठले आक्रोश पोख्नुभएको हो । ‘अहिलेको गठबन्धन सरकारले नागरिकतासम्बन्धि विधेयक यसरी ल्याउन मिल्छ ? यो अन्तरबस्तु र पद्धति दुवै कोणबाट गलत छ भन्ने कुरा मैले त यो पारित गर्नुअघि नै राखेको छु, आफ्नो पार्टीमा पनि राखेँ । राष्ट्रिय सभामा पनि बोलेँ,’ श्रेष्ठले थप्नुभयो, ‘त्यो पारित भएपछि किन गलत छ भनेर त मैले सार्वजनिक बहस गरिसकेँ। यस सम्बन्धमा विचारको समस्या होईन। वैचारिक–सांस्कृतिक स्खलनको समस्या हो ।’ नागरिकता विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीमा, राष्ट्रिय सभामा बोले पनि त्यसलाई बेवास्ता गरेर पारित गरिएको बताउनु भयो ।‘अहिलेको गठबन्धन सरकारले नागरिकतासम्बन्धि विधेयक यसरी ल्याउन मिल्छ ? यो अन्तरबस्तु र पद्धति दुवै कोणबाट गलत छ भन्ने कुरा मैले त यो पारित गर्नुअघि नै राखेको छु, आफ्नो पार्टीमा पनि राखेँ । राष्ट्रिय सभामा पनि बोलेँ,’ श्रेष्ठले थप्नुभयो, ‘त्यो पारित भएपछि किन गलत छ भनेर त मैले सार्वजनिक बहस गरिसकेँ। यस सम्बन्धमा विचारको समस्या होईन। वैचारिक–सांस्कृतिक स्खलनको समस्या हो । पछिल्लो केही समय यता गठबन्धनमा खट्पट सुरु भएको छ ।
नारायणकाजी श्रेष्ठको दाबी :गठबन्धन सरकारको कारण राष्ट्रियतामाथि झनै खतरा बढ्यो
