नेपालले सोमबार माल्दिभ्सलाई देखाएको चमत्कार

काठमाण्डौ –

२० वर्षमुनिको साफ च्याम्पियनशिप पुरुष फुटबल प्रतियोगितामा नेपालले चमात्कार देखाइदिएको छ ।
साफ च्याम्पियनशिप फुटबलमा माल्दिभ्सलाई चार–शून्यले हराएको छ ।

भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले माल्दिभ्सलाई चार–शून्यले हराएको हो ।
नेपालले खेलको ४२ औँ, ५७ औँ, ६१ औँ र ९४ औँ मिनेटमा गोल गर्दै चार–शून्यले विजयी भयो ।नेपालले शुरुदेखी नै उत्कृष्ठ खेल प्रर्दशन गरेको थियो ।

अहिले ७ बजे श्रीलङ्का र बङ्गलादेश खेल्दै छन् । च्याम्पियनशिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशको सहभागिता छ ।

नेपालले अर्को खेलमा पर्सि बुधबार श्रीलङ्कासँग खेल्नेछ ।

त्यस्तै भारतसँग आउँदो आइतवार र अन्तिम खेलमा बङ्गलादेशसँग आउँदो मङ्गलवार खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रवार प्रतिस्पर्धा गर्ने छन् । नेपालले पछिल्लो समय खेलमा उत्कृष्ठ प्रर्दशन देखाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज