काठमाडौमा रोकिएको फोहोर बिहीवार देखि संकलन गरिने

काठमाडौँ-

काठमाडौँ महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने बताइएको छ । महानगरले संकलन गर्ने योजना बनाएको छ । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको हस्ताक्षरमा जारी गरिएको सूचनामा साउन ११ गते जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने सूचना प्राप्त भएको उल्लेख छ ।                                                                                  भोलि  १२ गते विहीबार विहान ६ बजेदेखि तपाईँको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्‍याउन, त्यसै सूचनामार्फत महानगरबासीमा अनुरोध गरिएको सुचनामा जनाइएको छ ।

महानगरको ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको व्यहोरा उल्लेख गर्दै साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो ।                                                                                    विभागको पत्रका विषयमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा रहेको फोहोर व्यवस्थापन समितिको बैठक बसेको थियो । छलफलपछि बैठकले स्यानिटरी ल्याण्डफिल साइट जाने सडकबाट फोहोर ढुवानी कार्य ७ दिनका लागि रोक्ने निर्णय एक साता अगाडी नै गरेको थियो ।

 

प्रमुख शाहको अध्यक्षतामा गठित समितिको सदस्यहरुमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरु प्रेम थापा, भुवन लामा, बालकृष्ण महर्जन, ईश्वरमान डंगोल, कुश ढकाल, नवराज पराजुली हुनुहुन्छ ।

महानगरले घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोध गरेको छ ।फोहोर ले काठमाडौका विभिन्न ठाउँमा मानिसहरु नाक र मुख छोपेर हिड्न बाध्य छन्। फोहोर नउठ्नाले महानगर कुरुप देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज