यसरी संचालनमा ल्याइयो अवरुद्ध पृथ्वीराजमार्ग

दमौली –                                                                                                                                             बिहानै बाट अबरुद्ध सडक केही बेर अगाडिदेखि पुनः संचालनमा आएको छ ।  पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा अवरुद्ध भएको सडक सञ्चालन भएको छ ।             आज बिहान सडकको बीच भागमा ट्रक पल्टिएपछि अवरुद्ध भएको छिर्कने–डुम्रे सडक बिहान १०:३० बजेबाट एकतर्फी सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

बालुवा बोकेर आउँदै गरेको ग १ ख ४७९२ नं को ट्रक पल्टिएपछि उक्त सडक दुईतर्फी रुपमा अवरुद्ध भएको थियो ।                                                                                 क्रेनको सहायताले ट्रकलाई सडकको छेउमा ल्याइएपछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

दुईतर्फी रुपमा सडक सञ्चालन हुन अझै केही समय लाग्ने देखिएको छ । सडक अवरुद्ध भएपछि सयौं सवारीसाधन रोकिएका भएपनी एकतर्फी संचालनमा आएपछि सहज भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज