काठमाडौं- गठबन्धनले आफ्नो अपराध ढाकछोप गर्न बहुमतको आडमा तात्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई जोगाउनका लागि तयार पारिएको प्रतिवेदनमा नेकपा एमालेका चार सांसदले छुट्टै मत राखेका छन् । समितिको प्रतिवेदनमा एमाले नेताहरुले बिभिन्न तथ्य औल्याउँदै २७ बुँदे फरक मत राख्नुभएको छ । संसदीय छानविन समितिमा रहनुभएका एमाले नेताहरु प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र बिमला बिकले समितिको प्रतिवेदन दोषी नदेखाउन्का साथ बहुमतको आडमा बनाएको भन्दै फरक मत राख्नुभएको हो । एमाले नेताहरुले बजेट निर्माणको क्रममा शर्माले बदमासी गरेको प्रमाणलाई नजर अन्दाज गरी हावादारी प्रतिवेदन बुझाएको तथ्यलाई समेत सबिस्तार उजागर गरेका छन । अनधिकृत ब्यतिलाई मन्त्रालयमा प्रबेेश दिएर कर को दायरा हेरफेर गरेको भन्दै त्यो विषयका सन्दर्भमा एमालेले सिसि टिभी फुटेज देेेखाउन माग गर्दै आएको छ।