काठमाण्डाै –
सरकार संग भाडामा लिएको जग्गामा नक्सा पास नगरि बनाएको संरचना २४ घण्टाभित्र हटाउन काठमाण्डौ महानगरपालिकाले नर्भिक अस्पताललाई निर्देशन दिएको छ ।
महानगरपालिकाले साेमवार सूचना निकालेर अस्पतालले बनाएको संरचना सरकारसँग भएको सम्झौता विपरीत भएकोले २४ घण्टाभित्र हटाउन निर्देशन दिएको हो । अन्यथा नियमअनुसार कारबाही हुने चेतावनी समेत महानगरले दिएको छ ।
थापाथलीमा रहेको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले २० वर्षदेखि डेढ रोपनीभन्दा धेरै सरकारी जग्गा कब्जा गरेर प्रयोग गरिरहेको छ ।
नर्भिक अस्पतालले तत्कालीन भूमिसुधार कार्यालयका अधिकारीहरूसँग सेटिङ मिलाएर कौडीको भाउमा त्यो जग्गा प्रयोग गरेको पाइएको छ ।
त्यही कौडीको भाउमा लिएको जग्गाको अस्पतालले भाडासमेत नतिरेको खबरहरू प्रकाशित भएका थिए ।
त्यही जग्गामा नक्सा पास नगरि बनाएका संरचना २४ घण्टाभित्र हटाउन महानगरपालिकाले निर्देशन दिएको हो ।निर्देशनको बेवास्ता गरेमा कानुनी कार्वाही गर्ने महानगरले बताएको छ ।