घट्यो शेयरबजार

काठमाण्डाै –

केहि दिन देखि शेयर बजार घटिरहेको छ । आज बिहीवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव शून्य ६ अङ्कले घटेर दुई हजार ३७ दशमलव ८३ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

दुई सय २३ वटा कम्पनीकाे ६२ लाख ९८ हजार कित्ता शेयर एक अर्ब ७६ करोड १० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको सात करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज युनिलिभर नेपालको शेयर आठ प्रतिशतभन्दा धेरै र बुद्धभूमि नेपाल हाइड्रोको शेयर साढे सात प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे हुँदा पनि हिमालयन हाइड्रोपावर र अपर हेवा खोला जलविद्युतको शेयर १० प्रतिशतले बढेको छ । शेयरमूल्य घटेको हुनाले लगानीकर्ताहरु शेयरमा लगानी गर्न छोडेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज