कालीगण्डकी करिडोर अन्तर्गत मालढुङ्गा-बेनी सडक अलपत्र

पर्वत,१५

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत पर्वतको मालढुंगा-बेनी सडक अलपत्र बनेको छ । श्रावण महिना देखि यो आयोजनाको सडक निर्माण कार्य अलपत्र परेको हो ।

सडक व्यवस्थीत नगरी ठेकेदार कम्पनीले काम बीचैमा छाडेपछि स्तरोन्नतिको चरणमा रहेको यो खण्ड अलपत्र बनेको हो । सडक अलपत्र हुदाँ बिरामी बोकेका एम्बुलेन्स , सोहि बाटो हुदैँ मुस्ताङ, बेनी र म्याग्दी बाट देशका अन्य ठाउँमा पुग्ने सवारी साधन र यात्रुलाई सास्ती भएको छ । १३ किलोमिटर रहेको यो सडक पार गर्न यात्रुलाई अहिले एक घण्टा देखि डेढ घण्टा लाग्ने गरेको दैनिक रुपमा यात्रा गर्ने मिलन पौडेल बताउनुहुन्छ । पौडेल भन्नुहुन्छ , ‘यो सडक यात्रा गर्न थालेको ९ बर्ष भयो बेनी कुश्मा ४० मिनेटमा पुग्ने गर्थे तर अहिले बेनी बाट मालढुङ्गा पुग्दा १घण्टा लाग्छ ।’ पौडेल जस्तै धेरै यात्रुको गुनासो आउने गरेको छ ।

बेनी र मुस्ताङ भ्रमण गर्न आउने पर्यटकले सडक बिग्रेका कारण घण्टौं जाममा फस्नुपरेको गुनासो गरेका छन् । ठेकेदार कम्पनीबीच आपसमा असमझदारी बढेपछि ४ महिना देखि निर्माण कार्यमा ढिलाई भएको छ । ठेकेदार काम अलपत्र अवस्थामा छाडेर योजना निर्माणबाट पछि हटेको हो । यो सडकमा बर्खा याममा पनी धेरै यात्रुले पहिरोका कारण दुख पाउदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज