आएनन् खेम र प्रकाश पर्वत महोत्सवमा दर्शक निराश

पर्वत,२१

सातौँ पर्वत महोत्सवको अन्तिम दिन बहुचर्चित कलाकार खेम सेन्चुरी र प्रकाश सपुत आउने भनिए पनि उनिहरु नआउँदा दर्शक निराश भएका छन् । शनिवारको दिन गाउँगाउँबाट बालबालिका देखि बृद्ध उमेर समुहका दर्शकहरु महोत्सव आएका थिए ।

बिहानको समयमा पालिका स्तरिय भलिवल प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको थियो । अन्तिम दिन पनि हो आफ्नै ठाउँमा लागेको महोत्सव एक दिन भएपनि जानु पर्यो कस्तो रहेछ । फलेवास नगरपालिका घर बताउने ७० बर्षिय झलक शर्मा भन्छन् ,‘आज खेम सेन्चुरी र प्रकाश सपुत भन्ने गाउनी बाबुहरु आउछन् रे भन्ने सुनेर आएको साँझ सम्म बस्दा नि आएनन् ।’ खै के भएर आएनन् राम जानुन् तर यिनीहरुले हाम्लाई झुक्याए ।
महोत्सवको सांस्कृतिक कार्यक्रम शनिवार संचालन गरिरहेका कृष्ण अखेलीले भने बिहानै देखि बहुचर्चित कलाकार खेम सेन्चुरी र प्रकाश सपुत अवको केही समयमा तपाई माझ आउदै हुनुन्छ भन्दै कलाकारको सम्मानमा दिनभर ताली मागिरहेका थिए । जलजलाकी मधु शर्माले पनि उनै कलाकारका गितमा छमछमी नाच्नजलजला देखि आएको तर सेन्चुरी र सपुतलाई महोत्सवमा देख्न नपाएपछि आफु निरास भएको सुनाइन् । शर्मा भन्छिन् , ‘घरमा बाख्रोपाठो गाइबस्तु लाई छोडेर महोत्सव हेर्न आइयो तर भनेका कलाकार नआउँदा बेक्कार आए जस्तै भयो । यति ठुलो वाणिज्य संघले त्यसो नभन्नु पर्ने हो । अलिअलि आएपछि किनमेल गरेउँ अरु रमाइलो भएन् । ’
शनिवारको दिन महोत्सवमा रमाईलो गर्न पुगेका हजारौँ दर्शकहरु निराश बनेर फर्केका छन् । दिउँसो १ बजे देखि उनै कलाकारको पर्खाइमा बसेका दर्शकहरु साझँ ६ बजे सम्म कुर्दा पनि नआउदा दुखि बनेको अधिकांशको भनाई छ ।
आयोजक टिमले भने प्रकाश सपुत र खेम सेन्चुरीलाई मौसमका कारण प्लेन उडान हुन नसक्दा महोत्सवमा आउन नसकेको बताएको छ । पर्वत महोत्सव माघ ११ देखि संचालन भएर शनिवार २१ गते समापन हुने आयोजकले बताएको छ ।
दर्शक झुक्याउने आरोप ब्यहोरेको पर्वत महोत्सवले उता केहि दिन अगाडी बिहिबार गायिका गिता पाइजा ल्याउने भनेर सामाजिक संजालमा प्रचारप्रसार गरेको महोत्सव टिमले गायिका स्वयमलाई जानाकारी नभएको गिता पाइजा पुनले आफ्नो फेसबुकमा दुखेसो पोखेकी छन् । सातौँ पर्वत महोत्सव र सातौँ म्याग्दी महोत्सवमा आफ्नो फोटो रहेको प्रचार तस्विर राखेर उनले फेसबुकमा लेखेको स्टाटस जस्ताको त्यस्तै…… मेरो नाम बिकार खाने आयोजक, संस्कृति सम्योजक, महोत्सब का ठेकेदार हरु लाई चेतावनी ! नकुनै जानाकारी छ ! नकुनै खबर सरसल्लाह छ ! बिना निमन्त्रणा बिना अनुमती दर्सक झुक्काउन मेरो तस्बिर राखेर आजको आकर्षण, आजका कलाकार हरु भनेर मेरो प्रीय गीत संगीत प्रेमी दर्सक ज्यु आफन्त कलाप्रेमी हरु लाई झुक्काउने काम को बाट भयको हो जानाकारी पाउ ! पर्बत म्याग्दी बाग्लुङ मेरो जन्म थलो, मेरो माइती, मेरो कर्म घर हो !

म पर्बत को चेली मलाइ बोलायन्न मलाइ सम्झीयन्न भनेर कुनै दुख छैन कुनै गुनासो छैन ! मेरो गीत संगीत प्रती मीहीनेत, संघष, त्याग,समर्पण निरंतरता सबै लाई थाहा छ ! मेरा पुर्खेउली मौलीक गीत हरु लाई असाद्वै माया गर्ने ठाउँ! हाम्रो बाच्ने आधार भनेकै गीत रेकर्डिङ पछि मेला महोत्सब का कारेक्रम नै हुन तर कुनै जानकारी नगराउने कति दुख संघष गरेर चिनायको नाम बिकाउने ! आधीकारीक रुप मा जानाकारी नगराउने तस्बिर नाम बिकाय खाने हरु प्रती मेरो बिरोध छ घोर भत्सना गर्दछु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज