नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको आसन्न राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षमा पदमा देव प्रसाद पाठक उम्मेदवारी दिने तयारी गरेका छन् ।
फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने २३ औं राष्ट्रिय महाधिवेशनमा पाठकले उम्मेदवारी दिने भएका हुन् । ‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशनमा विभिन्न पदका लागि दाबी गर्नेहरुको बाक्लो संख्या देखिएको छ । झण्डै आधा दशकभन्दा बढी समय महाधिवेशन नभएर थन्किएको अनेरास्ववियुले यसपटक पुर्नजागरण प्रदान गर्ने अनेरास्ववियुका नेताहरुको अपेक्षा छ । झण्डै आधा दर्जभन्दा बढी विद्यार्थी नेताहरु अनेरास्ववियुको अध्यक्षमा दाबी गरिरहेका बेला पाठक उपाध्यक्षमा दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
लामो समयदेखि अनेरास्ववियुमार्फत् विद्यार्थी आन्दोलनमा सक्रिय पाठकले यस पटक विभिन्न लोकप्रिय एजेण्डा अघि सारेर उपाध्यक्ष बन्न जोड गरिरहेका छन् । उापध्यक्षका दाबेदार पाठकले विद्यार्थीको हकहितमा काम गर्न लक्षसहित विभिन्न विषयमा आफ्ना एजेण्डा प्रस्तुत गरेका छन् । उनले शैक्षिक, राजनीतिक, सामाजिक, सांगठनिक क्षेत्रमा रहेर आफूले निर्वाह गर्ने भूमिकाबारे स्पष्ट कार्ययोजनासहित एजेण्डा अघि सारेका छन् ।
के छन् एजेण्डा ?
शैक्षिक क्षेत्र – १२ कक्षासम्म निःशुल्क शिक्षा व्यवस्थाको कार्यान्वयन गरी गुणस्तरीय र जनमुखी प्राविधिक शिक्षाको सुनिश्चित गर्न ,
– बेथितिको अन्त्य गरी परीक्षा भएको मितिले ३ महिनाभित्र नतिजा प्रकाशन गर्न । राजनीतिक क्षेत्र – राष्ट्रियताको आन्दोलनमा विद्यार्थीहरूलाई समाहित गर्न राष्ट्र प्रेम र राष्ट्र भक्तिका कार्यक्रमहरू सञ्चालन गर्न ।
– संघीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण प्रत्याभूति दिलाउन संविधानले स्थापित गरेका हक र अधिकारको ग्यारेन्टी गर्न । सामाजिक क्षेत्र
–प्रमाणपत्र धितो राखी विद्यार्थीले बैंकमार्फत प्राप्त गर्ने सहुलियतपूर्ण कर्जाको झन्झटिलो प्रक्रियालाई सरलीकरण गर्न । – जातीय विभेद, दाइजो प्रथा, छाउपडी प्रथा, बाल विवाह जस्ता सामाजिक कुरीति र कुसंस्कारको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न सांगठनिक क्षेत्र अनेरास्ववियुलाई थप शक्तिशाली बनाउन वैचारिक र राजनैतिक रूपले सुसंगठित कार्यकर्ताको निर्माण गरी निजी तथा सामुदायिक क्याम्पसरशिक्षालयहरुमा समेत संगठन विस्तार गर्न । संगठनलाई थप जीवन्त बनाउन नियमित बैठक र अधिवेशन, प्रशिक्षण एवं रचनात्मक क्रियाशीलताको आन्दोलनहरू सम्पनन्नरसञ्चालन गर्न ।
अखिलकाे केन्द्रीय उपाध्यक्ष ताकेका देव प्रसाद पाठक काे हुन् ?
नेता पाठकले अनेरास्ववियुको विद्यार्थी राजनीतिमा रहेर लामो समय काम गरेका छन् । पार्टीप्रतिको निष्ठा र अनुभवले खारिएका पाठक वि।सं २०५८ देखि नै स्ववियूमार्फत् विद्यार्थी राजनीतिमा सक्रिय छन् । अनेरास्ववियुको प्रा.क. सदस्यदेखि केन्द्रीय उपाध्यक्षको जिम्मेवारी दाबी गर्ने चरणसम्म आइपुग्न उनले निकै आरोह अवरोह खेपेका छन् । विद्यार्थी हितमा काम गर्दागर्दै कयौं पटक प्रहरीको लाठी खाएका छन् । उनले पटक पटक हिरासतको ठिहिर्याउने चिसो समेत अनुभव गरेका छन् । जनयुद्धकालीन चरम ज्यादतीपूर्ण र कहालीलाग्दो समयमा समेत अविचलित अनेरास्ववियुको राजनीतिमा सक्रिय पाठक कयौं पटक परीक्षा छुटेर खिन्न भए कहिले घाइते अवस्थामा उपचार नै नपाएर छटपटाए । यस्ता अनेकौँ घुम्ती र मोडहरू छिचोल्दै अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्षमा दाबेदारी प्रस्तुत गरिरहेका पाठकबारे केही विस्तृतमा हेरौँ‘ सांगठनिक जिम्मेवारी वि।सं। २०५८ स् अनेरास्ववियु मावि प्रारम्भिक कमिटी सदस्य वि।सं। २०६० – २०६५ : वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवनको अनेरास्ववियु क्याम्पस कमिटीको सदस्य हुँदै दुई कार्यकाल, अध्यक्ष वि।सं। २०६५ : स्ववियु सदस्य, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवन वि।सं। २०६५ – २०७४ : अनेरास्ववियु जिल्ला कमिटी चितवनको सदस्य, सचिवालय सदस्य, सहसचिव , उपाध्यक्ष हुँदै अध्यक्ष वि।सं। २०७४ – हालसम्म : अनेरास्ववियु केन्द्रीय कमिटीको सदस्य हुँदै सचिवालय सदस्य वि।सं। २०७७ – हालसम्म : नेकपा एमाले जिल्ला कमिटी चितवनको सदस्य । प्रहरी दमन र हिरासत, आन्दोलन र विपक्षीहरूको आक्रमणमा घाइते वि.सं. २०६१ भदौ २४ – पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धको आन्दोलनमा प्रहरी दमनमा परी घाइते वि.सं. २०६२ माघ २९ – चितवनमा कथित नगर निर्वाचन बहिष्कारको क्रममा प्रहरी हिरासतमा वि.सं २०६२र०६३ को जनआन्दोलनमा घाइते वि.सं २०६४ मङ्सिर १० – माओवादी निकट अखिल क्रान्तिकारीको आक्रमणमा वीरेन्द्र क्याम्पसमा घाइते वि.सं २०६४ चैत्र ६ – पहिलो संविधान सभाको निर्वाचनमा एमालेको प्रचार प्रसारको क्रममा माओवादी निकट वाईसियल द्वारा ठिमुरा चितवनमा अपहरण वि.सं २०६५ माघ २९ – माओवादी निकट अखिल क्रान्तिकारीको आक्रमणमा वीरेन्द्र क्याम्पसमा घाइते भई १० दिन अस्पताल भर्ना साथै आफ्नो परीक्षा दिनबाट समेत वञ्चित वि.सं २०६७ – कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापनार्थ गरिएको सडक आन्दोलनमा प्रहरी दमनमा परी घाइते र हिरासतमा वि।सं। २०६८ – तत्कालीन सरकारको बिप्पा सम्झौता लगायतको विरोधमा प्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई चितवनमा कालो झण्डा देखाउने क्रममा प्रहरी दमनमा परी घाइते वि।सं। २०७० – बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सञ्चालन गरेको स्थायी पदपूर्तिको परीक्षामा भएको अनियमितताको विरुद्धमा गरिएको आन्दोलनमा प्रहरी हिरासतमा वि।सं। २०७६ फागुन ५ – कृषि तथा वन विज्ञान विश्वविद्यालयमा एकता प्रक्रियाबाट आएको अखिल क्रान्तिकारीको समुहको आक्रमण