जेसीज सप्ताहको दोस्रो दिन बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

जेठ २१, पर्वत

पर्वत जेसीजले सप्ताहव्यापी कार्यक्रमको दोस्रोदिन अाज बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।जेसीज सप्ताह २०२३ को आज दोस्रो दिन शिवालय बहुमुखी क्याम्पसमा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरिएको हो ।
शिवालय बहुमुखी क्याम्पसका ब्यवस्थापन समिति अध्यक्ष हरिअोम शर्मा लामिछानेको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भयो ।

लामिछानेले यूवाको नेतृत्व र व्याक्तित्व विकासमा जेसीज पर्वतले रचनात्मक अभियान चलाउँदै आएको बताउनुभयो ।
बित्तीय शिक्षाले मात्र उधम ब्यवसायका सम्भावित जोखिमबाट बच्न वा जोखिमलाई न्युनिकरण गर्न सम्भव हुने बताउदै बित्तिय साक्षरताको सवालमा बालबालिकालाई अहिले देखिनै अर्थ तथा बित्त सम्वन्धि असल संस्कार,बानिब्योहोरा,अाचरण सिकाउन थालेमा भोलि का दिनमा उनिहरुबाट परिवार,समाज र राष्ट्रले राम्रो प्रतिफल पाउने कुरामा बिश्वस्त हुन सकिने बताउनुभयो ।

समाज परिवर्तन र सृजनात्मक गितिबिधिमा जेसिजले लामो समयदेखी काम गर्दै आएकोमा अाफु प्रशन्न रहेको बताउनुभयो । जेसिज वर्ष २०२३ का अध्यक्ष बिनोद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक मञ्जु शर्मा लामिछाने, आस्थापाठ जेसीज पर्वतका कोषाध्यक्ष सन्दिपा पौडेलले गर्नुभएको थियो भने सप्ताहका कार्यक्रमहरुको बारेमा कार्यकारिणी उपाध्यक्ष हेमन्तबाबु आचार्यले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा तालिम प्रतिष्ठानका सदस्य तथा शिवालय बहुमुखि क्याम्पसका पुर्व अध्यक्ष लेखनाथ उपाध्याय,जेसिज सिनेटर अर्जुनप्रसाद चापागाईं लगायतले बोल्नुभएको थियो ।
जेसीज सप्ताह अन्तरगत जेठ २२ गते बृक्षारोपण तथा सरसफाइ, जेठ २३ गते बक्तृत्वकला प्रतियोगिता, जेठ २४ गते नेपाल पत्रकार महासंघ पर्वत र जेसीज पर्वतका बिचमा मैत्रीपुर्ण फुटवल प्रतियोगिता आयोजना गरिएको कार्यकारिणी उपाध्यक्ष हेमन्तबाबु आचार्यले जानकारी दिनुभयो । सप्ताह अन्तर्गत जेठ २५ गते तनाव व्यवस्थापन सम्बन्धि तालिम, २६ गते विधालय स्तरीय लोकनृत्य प्रतियोगिताको आयोजना गरिएको छ । जेसीज सप्ताह जेठ २६ गते जेसीस संगम सहित समापन गरिने छ।
कार्यक्रमको अध्यक्षता जेसीज वर्ष २०२३ का अध्यक्ष बिनोद आचार्यले गर्नुभएको थियो भने सञ्चालन सुरज श्रेष्ठले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज