पत्रकार महासंघ गण्डकीको टोलीलाई पर्वतमा स्वागत

पर्वत ,३१ जेठ

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितीको टोलीलाई जिल्ला शाखा पर्वतले स्वागत गरेको छ । साहसिक पर्यटन प्रवद्र्धन कार्यक्रमको आयोजना गरेर पर्वत पुगेको प्रदेश टोलीलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतले बुधवार कार्यालयमा नै स्वागत गरेको हो ।


स्वागत पश्चात आफ्नो भनाई राख्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष बिमला भण्डारीले हामि अन्तर शाखा पर्वतबाट कार्यक्रमको सुरुवात गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले महासंघ भनेको पत्रकारको सुखदुख विसाउने साझा घर भएको उद्धोष गर्नुभयो ।
अध्यक्ष भण्डारीले पछिल्लो समय आएको सदस्य शुद्धिकरणको विषयलाई कोट्याउदै योे बिषयलाई सहि तरिकाले टुङ्गाउनु पर्नेमा जोड दिनुभयो । आफ्नो समितिले कुनै पनि प्रभावमा नपरी केन्द्रले दिएको मापदण्डमा रहेर शुद्धिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । केहिदिन अघि नेपाल पत्रकार महासघ पर्वतमा प्रेस युनियनले लगाएको ताला साथै माइन्युट च्यातिएको बिषयलाई समेत सङ्केत गर्दै आगामी दिनमा यस्ता खालका सन्देशको अपेक्षा नगरेको भनाई भण्डारीले राख्नुभयो ।


पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ पर्वत , बागलुङ र म्याग्दी पुग्ने कार्यक्रमतय गरेर पर्वत बाट सो कार्यक्रमको सुरुवात गरेको बताउदै पर्वत शाखालाई धन्यवाद ब्यक्त गर्नुभयो ।
सो कार्यक्रममा जिल्ला शाखा पर्वतका अध्यक्ष सन्तोष थापाले प्रदेश समितिलाई स्वागत गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतको कार्यसमिती साथै बिभिन्न संचारमाध्यममा कार्यरत संचारकर्मीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज