पर्वत,३१।
कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा क्षमता अभिवृद्धि तथा महिला सशक्तिकरण तालिम शुरु भएको छ ।
१० नं. वडा कार्यालयको आयोजना तथा पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाज, वितलवको सहकार्यमा पिपलटारीको वडा कार्यालयमा सो तालिम शुरु भएको हो ।
जेठ ३१ र ३२ दुई दिनसम्म चल्ने सो तालिमको आज बुधबार एक कार्यक्रमका बीच वडाअध्यक्ष रामचन्द्र सुवेदीले व्यानर पढेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा निवर्तमान वडाध्यक्ष सुजन विक (अमर), पूर्णेश्वर भूपू समाज अध्यक्ष राजु पौडेल, नेपाली काँग्रेस पर्वतका क्षेत्र (क) सदस्य लोकनाथ अधिकारी, नेकपा एमाले कुश्मा १० का वडा सचिव शोभाखर खनाल, नेकपा माओवादी केन्द्र, कुश्मा १० का अध्यक्ष कृष्णप्रसाद सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले महिलाहरु सधैं चुल्होचौकामा मात्र सीमित नरही आफ्नो क्षमता अभिवृद्धि गर्दै नेतृत्व विकास गर्न तालिम फलदायी हुने अपेक्षा गरे ।
वडाध्यक्ष रामचन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत वडा सदस्य फणिन्द्र पौडेलले र संचालन सचिव नारायण लामिछानेले गरेका थिए । प्रमुख प्रशिक्षक जमुना वर्षा शर्माले सहजीकरण गर्ने सो कार्यक्रममा जनप्रतिनिधिहरु डम्मरु लामिछाने, विन्दु जिसी थकाली, खिमा नेपाली, सामाजिक परिचालक पिताम्वर नेपाली (विदुर) को उपस्थिति रहेको थियो ।