पर्वतमा गण्डकी प्रदेश सममितिको निणर्य बिरुद्ध पत्रकारको तालाबन्दी

पत्रकार महासंघ गण्डकी प्रदेश सममितिको निणर्य बिरुद्ध पर्वतमा पत्रकारले तालाबन्दी गरेका छन् ।

पत्रकार महासंघको गण्डकी प्रदेश सममितिले सदस्यता शुद्धिकरणको नाममा जिल्लाका अधिकांस क्रियाशिल पत्रकारहरुको सदस्यता खारेज गर्ने निणर्य गरेको भन्दै बुधवार जिल्लामा सक्रिय तीन संगठनले तालाबन्दी गरेका हुन् ।

गण्डकी प्रदेश समितिले पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, जिल्ला अध्यक्ष सन्तोष थापा, समाजवादी प्रेस संगठनका गण्डकी प्रदेश संयोजक गणेश पौडेल, पत्रकार महासंघ पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्मा, प्रेस यूनियनका अध्यक्ष उत्तम अधिकारी, प्रेस चौतारीका केन्द्रीय सदस्य गणेश गिरी, गणेश पौडेल लगायत २० जनाको सदस्यता खारेज गरेको छ ।

जिल्ला शाखाले सर्वसहमत गरेको निणर्य माथि प्रदेश कमिटिले हस्तक्षेप गरेको संगठनहरुको आरोप छ । गण्डकी प्रदेश कमिटिले शुद्धिकरणको मापढण्ड विपरित पत्रकारिताको मर्मलाई कुल्चेर शुद्धिकरणको गरेको भन्दै पत्रकार निकट संगठनहरुले यस अघि देखि नै विरोध जनाउदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज