पर्वत ,कुश्मा :
भिर्नी झोलामा बोलको गित गाएर चर्चामा आएका संचारकर्मि एबम् गायक कृष्ण अखेलीले बजारमा कान्छी एल्बम लिएर आएका छन् । गायक अखेली र गायिका कमला गैरे को “कान्छि” नामक तिज गित सार्वजानिक भएको हो ।
हिन्दु नारीदिदिबहिनीले भव्य रुपमा मनाउने पर्व हरितालीका तिज नजिकिदै गर्दा तिजका गित धमाधम बजारमा भित्रिने क्रम जारी छ । यसै क्रममा गायक कृष्ण अखेली र गायिका कमला गैरे को सहकार्यमा यसपालीको तिजगितले राम्रै सफलता पाउनेमा गायक अखेली ढुक्क छन् । सर्जक शिव अखेलीको संगित भरत खत्रीको शब्द गायिका कमला गैरे र कृष्ण अखेलीको आवजमा रहेको गितमा चर्चित मोडल लोमश शर्मा र असमिता रनपालको दमदार नृत्य रहेको छ ।
होम गुरूङको निर्देशन दुर्गा पौडेलको छाँयाङकनमा रहेको म्युजिक भिडियो कृष्ण अखेली अफिसियल युटुब च्यानलबाट सार्बजानिक भएको छ । यस अघि पनि अखेलीले धेरै एल्बमहरु बजारमा ल्याइसकेका छन् ।