साइबर अपराधको आरोपमा आरके अदिप्त गिरी विरुद्ध पक्राउ पुर्जी जारी, आरोपित फरार

 २३ साउन ,पर्वत

साइबर अपराधकोे आरोपमा आरके अदिप्त गिरी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
विद्युतीय कारोबार ऐन विपरित सामाजिक सञ्जालमा सामग्रीहरु प्रविष्ट गरेको आरोपमा गिरी विरुद्ध सोमवार पक्राउ पुर्जी जारी भएको हो । बागलुङको जैमिनी नगरपालिका ७ जैदीका एक युवालाई पर्वत जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
जैमिनी नगरपालिका ७ जैदी स्थायी ठेगाना भई हाल पर्वतको कुश्मा बजारमा शताब्दी घर सञ्चालन गरी बस्ने ३८ बर्षिय आरके अदिप्त गिरी भनिने रमेश थापालाई पर्वत जिल्ला अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेको हो ।
पर्वतमा क्रियाशिल पत्रकारहरुका विरुद्धमा अपमानजनक शब्दहरु लेखेर सामाजिक सञ्जाल फेसबुकमा प्रविष्ट गरेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी परेको थियो ।

 

आरोपितले पेशागत मर्यादा र सामाजिक प्रतिष्ठामा आँच आउने गरी नाम नै किटान गरेर असभ्य शब्द सहितका सामग्रीहरु राखेको भन्दै पत्रकारहरुले विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कार्बाहीको माग गर्दै आरोपित विरुद्ध उजुरी दर्ता गराएका थिए ।
उजुरीका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चात् सोमबार पर्वत जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो । आरोपितलाई विभिन्न माध्यमबाट खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

    

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज