भुकम्प पीडितको अस्थायी आवास निर्माणमा राष्ट्रिय युवासंघ पर्वतको सहयोग

(रुकुम पश्चिम)

भुकम्प पीडितको अस्थायी आवास निर्माणमा राष्ट्रिय युवासंघ पर्वतको टोलिले सहयोग गरेको छ। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी पर्बतका सचिव प्रकाश थकालीको नेतृत्वमा रुकुम पश्चिम तर्फ गएको भुकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउने कार्य भैरहेको छ।


सचीव थकालीका अनुसार आफ्नो नेतृत्वमा रुकुम पश्चिमको चौरजहारिया नगरपालिका १० मा भुकम्प पीडितको लागि अस्थायी आवास निर्माण गरिएको बताउनुभयो । थकालिका अनुसार सो क्षेत्रमा बिद्धुत नहुदा आफुहरुलाई निर्माण कार्यमा केही असहज भएको बताउनु भएको छ ।


थकालिले भन्नूभयो , “हामिहरु रुकुम पश्चिमको चौरजहारिया नगरपालिका १० मा छौ। मौसम चिसो सुरु हुँदै छ त्यसैले पनि यहाँका नागरिकलाई छिटोभन्दा छिटो अस्थायी आवास निर्माण गरेर न्यानोमा राख्ने कोशिस गरेका छौ। ” आवास निर्माणमा केही असहजता भएपनि आफ्नो टिम स्वयंसेवकको रूपमा निरन्तर खटिएको सचिव थकालिको भनाई छ।


जाजरकोट भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १७ हजार ८९६ घर पूर्णरुपमा र १७ हजार ८५० घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् । प्रभावित क्षेत्रमा हाल राहत वितरण र पुनर्स्थापनाको काम जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज