एमालेको संकल्प यात्रा सफल बनाउन प्रेस चौतारी पर्वतको सक्रियता, जिम्मेवारी बाँडफाँड

पर्वत- नेकपा एमालेले संचालन गरेको पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत पर्वतमा हुने सवै गतिविधि सफल बनाउन प्रेस चौतारी पर्वत सक्रिय बनेको छ ।
प्रेस चौतारी पर्वतको मंगलवार विहान सम्पन्न वैठकले मंसिर २१ गते पर्वत आगमन हुने टोलीको स्वागतदेखि विदाईसम्मका गतिविधिलाई प्रभावकारी रुपमा प्रचार प्रसार गर्ने निणर्य गरेको छ । २१ गते दिउँसो १ बजे पर्वत र बागलुङको सिमाना मालढुंगामा स्वागत र ३ बजे नयाँपुलमा हुने विदाई समारोहमा जिल्लामा सक्रिय सवै पत्रकारहरुलाई परिचालन गर्नेगरी जिम्मेवारी बाँडफाँड समेत गरिएको छ ।
वैठकले जिल्लावाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई स्वागत, आमसभा र विदाई समारोहसम्म परिचालन गर्ने, जिल्लाका पदाधिकारी र सदस्य तथा प्रदेश तहका नेताहरुलाई जुलुस, आमसभाको रिपोर्टिङ्ग, लाईभ तथा प्रचारप्रसारमा परिचालन गर्ने निणर्य भएको जिल्ला अध्यक्ष कृष्ण अखेलीले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशमा पर्वत र लमजुङमा मात्र ठुला आमसभा गरिने भएकाले पर्वतमा हुने बृहद आमसभालाई सफल बनाउन सवै जनबर्गिय संगठनहरु सक्रिय हुने निणर्य अनुसार प्रेस चौतारीले समेत संगठनलाई चलायमान बनाउने निणर्य गरेको हो । चौतारीले प्रचारप्रसार सामाग्री समेत बनाएर केहिदिन पहिलेदेखिनै प्रचार प्रसार गरिरहेको छ ।
आमसभामा जिल्लाका सातवटै पालिकावाट ठुलो संख्यामा कार्यकर्ताहरु सदरमुकाम आउने भएका छन् । प्रत्येक पालिका तथा जनसंगठनहरुका छुट्टाछुट्टै जुलुस निकालिने र जुलस, झाकी तथा र्‍यालीको मुल्यांकन गरी उत्कृष्टलाई पुरस्कारको समेत व्यवस्था गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । चौतारीले सातवटै पालिकाको जुलुसको रिपोर्टिङ्ग तथा लाईभका लागि जिम्मेवारी तोकेको छ । जसमा कुश्माका लागि राजन पौडेल, जलजलाका लागि ठाकुर आचार्य, मोदीका लागि शान्ति सुवेदी, महाशिलाका लागि दिपेश विक,फलेवासका लागि सिर्जना बराल, विहादीका लागि माधव पराजुली र पैंयुका लागि निर्भिक नारायण भुर्तेललाई जिम्मेवारी तोकिएको हो ।
यता नेकपा एमाले पर्वतले पनि आमसभाको ब्यापक तयारी गरेको छ । अहिले मञ्च व्यवस्थापन, प्रचार प्रसार, माईकिङ्ग, बजार साजसज्जा, स्वागत द्धार निर्माण लगायतका काम भैरहेको जिल्ला अध्यक्ष राजु पौडेलले बताउनुभयो । आमसभाको तयारी तीब्र रुपमा भैरहेको र भोली साँझसम्म सवै तयारी सकेर २१ गते विहानदेखि स्वागतको तयारी गरिने उहाँले बताउनुभयो ।
वैठकमा एमाले केन्द्रीय सदस्य कल्पना चापागाई, जिल्ला सचिब गोविन्द पहाडी लगायतले पनि २१ गतेको कार्यक्रमलाई भव्य र सभ्य बनाउन सवै सक्रिय रहन आग्रह गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज