एमाले अध्यक्ष ओलिलाई पर्वतमा ३ सय बाइक सहितको ‘स्कटिङ ’

 

पर्वत,२०मंसिर

नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई पर्वतमा मंसिर २१ गते बिहिबार हुने बिशाल आमसभाको लागि ३ सय बढी बाइकले स्कटिङ गर्ने युवा संघले जनाएको छ । बैतडीको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीबाट राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी आरम्भ भएको अभियान टोली आठौँ दिन भोलि पर्वत आइपुग्नेछ ।


विभिन्न जिल्लामा आयोजना गरिएको आमसभा लाई सम्बोधन गर्दै बिहिबार पर्वतको कुश्मा बजारमा हुने कार्यक्रममा सहभागी हुन ओलि पर्वत आउन लाग्नुभएको हो । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ नाराका साथ नेकपा एमालेले मंसिर १४ देखि सुरु गरेको बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ सम्म समृद्धिका लागि सङ्कल्पयात्रा आज बुधबार गण्डकी प्रदेश प्रवेश गरिसकेको छ ।

मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित यस विशेष अभियानलाई पर्वतमा सफल बनाउन युवाँसंघ पर्वत लगायत पार्टिका विभिन्न संघसङ्गठनका पदाधिकारी, साथै केन्द्रतह सम्मका नेता कार्यकर्ताको सक्रियता छ । सडकका वारपार पार्टीका झण्डा र बिभिन्न ठाउँमा स्वागत गेट बनाएर कुश्मा बजार लगायत मालढुङ्गा देखि मोदी गाउपालिकाको पातिचौर बजार सम्म सजाइएको छ ।

बिहिबार हुन लागेको बिशाल सभा लाई सफल बनाउन विभिन्न खालका तयारीको अन्तिम चरणमा पुगेको एमालेका नेता एब्म राष्ट्रीय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा पार्टी प्रदेश कमिटी सदस्य अर्जुन पौडेल निर्जनको भनाई छ । पौडेल भन्नुहुन्छ,‘मध्यपहाड़ी लोकमार्गको यात्रामा रहेका पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष हाम्रो गौरवशाली संगठन राष्ट्रीय युवा संघ नेपालका संस्थापक अध्यक्ष समेत भएकोले हामी उहाँको सम्मान सहित मालढुंगा देखी नयापुल गेट सम्म ३०० बाइकले स्कर्टीङ गर्ने तयारी गरेका छौ ।’

बैतडी पाँचथरको यो यात्रामा अध्यक्ष लगायत पार्टीका नेताहरु पनि रहेका छन् । पर्वतको विशाल आमसभा सम्वोधन गरे लगत्तै अध्यक्ष ओलि सहितको टोली कास्कीको पोखरा पुग्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज