पौष १२, कुश्मा
पर्वतमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान पर्वतको आयोजनामा हुन लागेको प्रथम सडक युवा महोत्सवको तयारी तीब्र रुपमा अगाडि बढाइएको छ । यहि पौष महिनाको १४ गतेदेखि १६ गतेसम्म हुने महोत्सवको उद्घाटन नेकपा एमालेका प्रमुख सचेतक तथा प्रतिनिधि सभा सदस्य पदम गिरिद्वारा गरिने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान पर्वतले जानकारी दिएको छ ।
जिल्लाको ऐतिहासीक पर्यटन प्रबर्धन र लोक कला संस्कृतिको संरक्षण सम्बर्धनमा थप टेबा पुग्ने हेतुले आयोजना गरिएको अध्यक्ष पुजा कार्की शर्माले जानकारी दिनुभयो ।महोत्सब बन्जि साईड कुस्मामा संचालन हुने कार्यक्रमको पहिलोदिन बृहत रक्तदानकार्यक्रमको समेत आयोजना गरिएको प्रतिष्ठान पर्बतले जनाएको छ ।

महोत्सबमा बरिष्ठ गायक बिमल राज क्षेत्री, राजन कार्की, कृष्ण अखेली, लोक दोहोरी गायिका माया गुरूङ, गायक कृष्ण सुवेदी, गायिका सरस्वती लामिछाने, गायक कृष्ण समीप सुबदी, अर्जुन थापा, सुमन खड्का ,गायिका नबिना सुवेदी , र्यापर साजन आचार्य लगायतका दर्जानौ कलाकारले भरपुर मनोरञ्जन प्रदान गर्ने प्रतिष्ठान पर्बतका अध्यक्ष पुजा शर्मा कार्कीले जानकारी दिनुभयो ।
