एमाले अध्यक्ष ओलिलाई स्वागत गर्न दशौँ हजार कार्याकर्ता पर्वतको कुस्मा बजारमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न पर्वतको कुस्मा बजारमा दशौँ हजार कार्यकर्ता आएका छन् ।

नेकपा एमालेले सञ्चालन गरेको बैतडीको झुलाघाट बाट पाँचथरको चिवा भञ्ज्याङ् सम्मको संकल्प यात्राका क्रममा अध्यक्ष ओलिको टोलि पर्वत आएको थियो ।

पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत कुश्मास्थित बान्द्रेबिडी चौरमा आयोजना गरिएको जनसभामा सम्बोधन गर्नका लागि अध्यक्ष ओली पुग्दा नेकपा एमालेका नेता र दशौँ हजार कार्यकर्तासँगै स्थानीयले भव्य स्वागत गरेका थिए। पर्वतको कार्यक्रम सकिए लगत्तै सो टोलि कास्की तर्फ लागेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज