कुश्मामा २७९ जनालाई एचपिभी खोप

 

२६ भदौ पर्वत ।
पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कुश्मा नगरपालिकाले यस वर्ष २७९ जनालाई एचपिभी खोप लगाउने भएको छ । लक्षित समूहलाई एचपिभी खोप प्रदान गर्ने तयारीस्वरूप नगरपालिकाको स्वास्थ्य शाखाले खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले कुश्मा नगरपालिकामा कडा रोगका बिरामीमध्ये करिब ७० प्रतिशत क्यान्सरका बिरामी रहेको जानकारी दिए । उनले क्यान्सरको जोखिम कम गर्न रोग लागेपछि उपचार गर्नुभन्दा रोकथामका उपाय अपनाउने र समयमै स्वास्थ्य परीक्षण गर्ने बानी विकास गर्नुपर्नेमा जोड दिए ।
नगरप्रमुख रामचन्द्र जोशी, उपप्रमुख स्वस्थानी रिजाल र प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलले एचपिभी खोपको प्रभावकारिता तथा पाठेघरको मुखको क्यान्सर रोकथाममा यसको महत्वबारे समुदायस्तरमा व्यापक सचेतना आवश्यक रहेको बताए ।

 

 

सम्बन्धित समाचार

ताजा न्यूज