हाम्राेप्रयास । भरतमा भारी वर्षाकाे कारणले आएकाे बाढीले सात जनाकाे मृत्यु भएकाे छ । भारतको आन्ध्र प्रदेश र तेलंगनामा चक्रवातका कारण आन्ध्र प्रदेश र तेलंगनामा ठूलो वर्षा भएको हाे । हैदराबादमा मंगलबार दिउँसो सुरू भएको भारी वर्षा बुधबार बिहानसम्म जारी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भारी वर्षाका वर्षाले तेलंगनाको मेडचल-मलकजगिरी जिल्लाको घाटकेसर क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। ती क्षेत्रका सडक नदी जस्तै बनेका छन्। हैदरबादमा भएको यो वर्षा २० वर्षयताकै ठूलो भएको बताइएको छ ।