तिन महिना नपुग्दै बिग्रए भेन्टिलेटर, संक्रमितलाइ सास्ती

हाम्राे  प्रयास ।   काेराेना  संक्रमणले उचाइ लिदै गर्दा स्वस्थ्य सामाग्री थप हुनुकाे साटाे  धरानस्थित बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानले संचालन गरेको कोभिड–१९ अस्पतालका भेन्टिलेटरहरुकाे संख्या  घट्दाे छ ।  ३ महिना पनि नपुग्दै  भेन्टिलेटर बिग्रिएर उपचारमा आएका संक्रमितहरुलाई समस्या परेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

संघीय र प्रदेश सरकारको करिब साढे १२ करोड बजेटबाट तयार गरेको कोभिड अस्पतालमा जडान गरिएका १० वटा भेन्टिलेटर मध्ये ६ वटाले काम नगरेर थन्किएपछि भेन्टिलेटरकाे  अभावमा संक्रमितको ज्यान गएको थियो ।

कोरोना महामारीको बेला कोभिड अस्पतालको औषधी, मेशिन तथा उपकरण खरिदमा व्यापारीसँगको मिलेमतोमा उपकुलपति प्रा।डा ज्ञानेन्द्र गिरीका सल्लाहाकार भनिएका स्वकीय सचिव दिलिप भट्टराईको संलग्नतामा खरिद प्रक्रिया विपरित कमसल सामान खरिद गरेको आरोप लाग्दै आएको छ ।

कोभिड अस्पताल संचालन भएपछि बिरामीको उपचारलाई प्रभावकारी नबनाएको र उपचारमा संलग्न चिकित्सक नर्स र कर्मचारीलाई आवश्यक स्वास्थ्य सामग्री र खानपिनको उचित व्यवस्था समेत नगरेको भन्दै प्रतिष्ठान व्यवस्थापनविरुद्ध चिकित्सकले यसअघि आन्दोलन नै गरेका थिए ।

प्रतिष्ठानमै उपचाररत धरानका एक जनप्रतिनिधिले कोभिड अस्पतालको सेवा सन्तोषजनक नभएको गुनासो समेत गरेका छन् । धरान–८ का ५२ वर्षीय पुरुषको भेन्टिलेटर अभावमा एक साता अघि मृत्यु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज