पाकिस्तानमा आत्मघाती बम हमलामा परि ७काे मृत्यु, धेरै घाइतेहरुको अवस्था गम्भीर

हाम्राे प्रयास ।पाकिस्तानकाे एक मस्जिदमा बम बिष्फाेट हुदा करिब ७जनाकाे मृत्यु भएकाे छ।

मंगलबार स्थानीय समय अनुसार बिहान साढे ८ बजे धिर कोलनीस्थित मदरसामा विस्फोट हुँदा दर्जनौं घाइते भएका छन् । हालसम्म कुनै पनि समूहले उक्त घटनाको जिम्मेवार लिएका छैनन् । मारिने अधिकांश बालबालिकाहरु रहेको बताइएको छ ।
घाइतेहरुको संख्या ६० भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । धेरै घाइतेहरुको अवस्था गम्भीर छ ।

पाकिस्तानका एआईजी साफक्वत मलिकले पाकिस्तानको एक्सप्रेस ट्रूयबिनलाई बताए अनुसार आत्मघाती बम हमलामा ५ केजीको विस्फोटक पदार्थको प्रयोग भएको बताएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज