नेपालमा गएको २४ घण्टामा ४ हजार ५ जना डिस्चार्ज , थप १५ जनाकाे मृत्यु

हाम्राे प्रयास ।नेपालमा कोरोना सङ्क्रमितको संख्या झण्डै १ लाख ६० हजार पुगेको छ ।गएको २४ घण्टामा एक हजार ७ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या १ लाख ५९ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ लाख १५ हजार ६ सय ७५ जनाले कोरोना जितेका छन् ।

गएको २४ घण्टामा ४ हजार ५ जना निको भएका हुन् । अहिले नेपालमा ४३ हजार २ सय ९३ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै गएको २४ घण्टामा नेपालमा १५ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ सय ६२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज