पेट्रोलियम पदार्थको मुल्य एकै पटक ५१ प्रतिशत भन्दा धेरैले बढ्यो

 पेट्रोलियम पदार्थको मूल्य बंगलादेशमा एकै पटक ५१ प्रतिशत भन्दा धेरै बढेको छ ।

बंगलादेश सरकारले शनिबार आज देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य ५१ दशमलव ७ प्रतिशतले बढाएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

यो वृद्धि सन् १९७१ मा देश स्वतन्त्र भएपछिको सबैभन्दा धेरै हो ।  ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले जारी गरेको मूल्य सूचनाअनुसार एक लिटर पेट्रोलमा ४४ टाकाले बढेर एक सय ३० टाका पुगेको छ ।

यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय १४ का दरले कायम भएको छ । पेट्रोलियप पदार्थमा पटकपटक मूल्य वृद्धि भएको छ ।

सरकारले अहिले पेट्रोलियम पदार्थमा दिइरहेको सहुलियतको बोझ कम गर्न मूल्यबृद्धी गर्नुपरेको बताएको छ ।   नेपालमा पनि पेट्रोल र डिजलको मुल्य बढीरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज