कुमार सानुलाइ काेराेना संक्रमण

हाम्राे प्रयास ।भारतीय चर्चित गायक कुमार सानुलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मिडिया रिपोर्टका अनुसार सानु संक्रमित भएपछि मुम्बईस्थित उनको घर सिल गरिएको छ ।

आफ्नो २० अक्टोबरको जन्मदिन मनाउन अमेरिका जाने तयारी गरेका सानु त्यस अगाडी नै कोरोना संक्रमित भएका छन् । सानुकी पत्नी र दुई छोरी अहिले अमेरिकामा रहेका छन् ।

कोरोना संक्रमित हुने बलिवुड सेलिब्रेटीमा सानु पछिल्लो सेलिब्रेटी हुन् । यस अघि अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, कनिका कपुर अर्जुन कपुर, मलाइका अरोरा लगायतले कोरोना जितेर काममा फर्किसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज