भुमिगत पानी भरेर सिधै वितरण

इजाजतबिनै सञ्चालित एक पानी उद्योगलाई वाणिज्य विभागले कारबाही गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका ११ मनमैजुमा सञ्चालित त्रिशूली मिनरल एण्ड वेभरेज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागले गरेको अनुगमनमा पानी उद्योगले इजाजत नै नलिई भूमिगत पानी तानेर बोतल तथा जारमा भरेर बिक्री गर्ने गरेको पाइएको थियो । पानी उद्योग सञ्चालन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट गुणस्तर प्रमाणित अनुज्ञा पत्र लिनुपर्छ भने उद्योग कानुनी रुपमा दर्ता भएको हुनुपर्छ ।

उक्त पानी उद्योगले पानी उत्पादन, प्रशोधन र गुणस्तरको ईजाजत नलिएको पाइएको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज