प्रधानमन्त्रीद्वारा मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन

मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भवनको उद्घाटन गरेका हुन्। उक्त भवनमा  २५ वटा जेनरल शय्या, ४ वटा आइसियु शय्या, ११ वटा क्याविन र एउटा भिभिआइटी सुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ। उक्त भवनको लागत २५ करोड रुपैयाँ रहेको अस्पतालले जनाएको छ।

सबै ४१ शय्यामा मोनिटर रहने र सबै मोनिटर सेन्ट्रल मोनिटर हुने अस्पतालका निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए। अस्पतालमा हाइब्रिड कार्भिडो भास्कुलर अपरेटिङ थिएटर समेत निर्माण हुँदै गरेको उनले बताए। यस थिएटरबाट एकै समयमा शल्यक्रिया र क्याथ ल्याबको काम गर्न सकिने अस्पतालले जनाएको छ।

उक्त थिएटर ६ महिनापछि सुरु हुनेछ। यो हाइब्रिड थिएटर नेपालकै पहिलो थिएटर रहेको अस्पतालको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज