चोखो मनले, भागवत गिता अध्याय पढ्नुहोस् मनले चिताएको कार्य पूरा हुनेछ। ॐ

धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः।

मामकाः पाण्डवाश्चैव किमकुर्वत सञ्जय।।१।।

धृतराष्ट्रले सोधे – ‘हे सञ्जय ! युद्धको ईच्छा लिएर धर्मस्थान कुरुमैदानमा एकत्रित मेरा छोरा र पाण्डुका छोराहरुले के के गरे ?
भगवद् गीता, अध्याय १ – अर्जुनविषादयोगः – श्लोक २
सञ्जय उवाच ।

दृष्ट्वा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा ।

आचार्यमुपसङ्गम्य राजा वचनमब्रवीत् ॥ १-२॥

सञ्जयले उत्तर दिए – पाण्डवसेनाद्वारा निर्माण गरिएको सैन्यसंगठनको व्यवस्थापनलाई देखेर राजा दुर्योधन गुरु द्रोणाचार्यको समीपमा गएर भन्न थाले –

भगवद् गीता, अध्याय १ – अर्जुनविषादयोगः – श्लोक ३

पश्यैतां पाण्डुपुत्राणामाचार्य महतीं चमूम् ।

व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता ॥ १-३॥

हे आचार्य ! हजुरको अति बुद्धिमान शिष्य धृष्टधुम्नद्वारा व्यवस्थित गरिएको विशाल सेनालाई हेर्नुहोस् ।

भगवद् गीता, अध्याय १ – अर्जुनविषादयोगः – श्लोक ४–६

अत्र शूरा महेष्वासा भीमार्जुनसमा युधि ।

युयुधानो विराटश्च द्रुपदश्च महारथः ॥ १-४॥

धृष्टकेतुश्चेकितानः काशिराजश्च वीर्यवान् ।

पुरुजित्कुन्तिभोजश्च शैब्यश्च नरपुङ्गवः ॥ १-५॥

युधामन्युश्च विक्रान्त उत्तमौजाश्च वीर्यवान् ।

सौभद्रो द्रौपदेयाश्च सर्व एव महारथाः ॥ १-६॥

यस सेनामा महान् धनुर्धारीहरु तथा भीम र अर्जुनका समान शूरवीर सात्यकि र विराट तथा महारथी राजा द्रुपद, धृष्टकेतु र चेकितन तथा बलवान काशिराज, पुरुजित, कुन्तिभोज र मनुष्यमा श्रेष्ठ शैब्य, पराक्रमी युधामन्यु तथा बलवान उत्तमौजा, शुभद्रापुत्र अभिमन्यु एवं द्रौपदीका पाँचै पुत्र – यी सबै महारथी छभगवद् गीता, अध्याय १ – अर्जुनविषादयोगः – श्लोक ७

अस्माकं तु विशिष्टा ये तान्निबोध द्विजोत्तम ।

  • नायका मम सैन्यस्य संज्ञार्थं तान्ब्रवीमि ते ॥ १-७

हे ब्राह्मणश्रेष्ठ ! आफ्नो पक्षमा पनि जो प्रधान छन्, तिनलाई पनि सम्झिनुहोस् ।                    तपाईँको जानकारीको लागि मेरो सेनामा जो–जो सेनापति छन्, म भन्दभगवद् गीता, अध्याय १ – अर्जुनविषादयोगः – श्लोक ८

भवान्भीष्मश्च कर्णश्च कृपश्च समितिञ्जयः ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज