कांग्रेस सांसद सूर्यबहादुर केसीको निधनले शीर्ष नेताको बैठक स्थगित हुने भएको छ। केसी बहालवाला सांसद तथा आमन्त्रित केन्द्रीय सदस्यसमेत हुन्। केसीको निधनमा पार्टी केन्द्रीय कार्यालय एक दिन बन्द रहने र तीन दिन पार्टी झण्डा झुकाउने जनाइएको छ।
केसीको निधनको शोकमा शीर्ष तहका नेताको बैठक मंगलबार नबस्ने सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। सोमबारको बैठकमा विवादित विषयमा समाधान ननिस्किएपछि मंगलबार १ बजे बस्ने गरि बैठक टुंगिएको थियो।