नेकपाका शीर्ष नेता नै सपथ ग्रहण समाराेहमा अनुपस्थित हुने

हाम्राे प्रयास । नेकपाका शीर्ष नेताहरु नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण समारोहमा सहभागी नहुने भएका छन् । कोरोना संक्रमणलाई कारण देखाउँदै सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल सपथ ग्रहण समारोहमा सहभागी नहुने भएका हुन् ।

यस्तै झलनाथ खनाल अस्वस्थ भएर अस्पतालमा छन् भने प्रचण्ड र नेपाल कोरोनालाई कारण देखाउँदै सपथग्रहण समारोहमा सहभागी नहुने भएका हुन् ।

‘कोरोना माहामारी छ । यस्तोबेला भिडभाड गर्नु राम्रो होइन,’ दुवै नेता निकट स्रोतले भन्यो, ‘नजाँदा खासै फरक नपर्ने देखेर नजाने निष्कर्षमा पुग्नुभएको हो ।’
मन्त्रीहरुको नियुक्ति तथा हेरफेर नेताहरुसँग सहमति नगरी तथा स्थायी समिति र सचिवालयको स्प्रिट विपरित गरेको भन्दै प्रचण्ड लगायतका नेताहरुले असन्तुष्टि जनाइसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज