ब्रजिलका लगि धेरै गोल गर्नेको सुचिमा नेयमार दोस्रो स्थानमा

हाम्राेप्रयास । विश्वकप छनाैट खाेलमा पेरू विरुद्ध ह्याट्रिक गर्दै नेयमर जुनियरले ब्राजिलकाे लागि धेरै गाेल गर्नेहारूकाे सुचिमा आँफुलाई  दोस्रो स्थानमा उभ्याएका छन् । पेरिस सेन्ट जर्मेन(पीएसजी) का स्टार नेयमारले अहिले सम्म आफ्नो देश ब्राजिलकाे लागि ६४ गाेल गरिसकेका छन् । उनले ब्राजिलका राेनाल्डाेलाई पछि पार्दै दाेस्राे स्थानमा उक्लिएका हुन । राेनाल्डाेले ब्राजिलका लागि कुल ६२ गाेल गरेका थिए । अब ब्रािजलकाे लागि सर्वाधिक गाेल गर्नेमा नेयमार भन्दा अगाडी महान फुटबल खेलाडी पेले मात्र छन । पेलेले ब्राजिलका लागि ९२ खेलमा कुल ७७ गाेल गरेका छन्र ।

मंगलबार पेरू विरुद्धकाे खेलमा  नेयमरले पेनाल्टीबाट पहिलो गोल गर्दै रोनाल्डोको बराबरी गरेका हुन् । पछि दोस्रो पेनाल्टीमा गोल गरेर रोनाल्डोलाई उछिने । यसक्रममा २८ वर्षीय खेलाडी हातबाट ९ नम्बरको संकेत गरे । यो बार्सिलोना, रियल म्याड्रिड र कोरिन्थियन्सका लागि खेलेका रोनाल्डोप्रतिको सम्मान थियो । सन् २०१० मा ब्राजिलका लागि डेब्यू गरेका नेयमरले १ सय ३ खेलमा ६४ गोल गरेका हुन् ।

प्रशिक्षक टिटेले नेयमरलाई ब्राजिलका पुराना महान खेलाडीसँग तुलना गर्नु अन्याय हुने बताए । उनले भने, ‘कोही पनि खेलाडीको कोहीसँग तुलना गर्नु ठीक होइन । हामी यत्ति भन्न सक्छौं, नेयमरले कति बेला कसरी खेलको स्वरूप पल्टाउने गर्छन्, भन्न सकिन्न । उनी मौका सिर्जना गर्छन् र त्यसमै गोल पनि गर्छन् । मलाई लाग्छ, उनी समयअनुसारका राम्रा, परिस्कृत र परिपक्व खेलाडी भएका छन् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज