सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को विवाद समाधानको लागि कार्यकारी अध्यक्ष पुष्पकमल दहाल(प्रचण्ड) र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बीच वालुवाटारमा वार्ता शुरु भएको छ ।
प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटाले ओली-प्रचण्डको भेटवार्ताको पुष्टि गरेका हुन् । ओली-प्रचण्डबीच पछिल्लो ११ दिनयता भेटघाट हुन सकेको थिएन ।
ओली-प्रचण्डबीच कात्तिक ४ गते कर्णाली प्रदेशको विवाद सल्ट्याउने सन्दर्भमा भेट भएको थियो । त्यसयता संवाद ठप्प थियो ।
पछिल्लो समय कर्णलीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि विवाद उत्कर्षमा पुगेको थियो ।