ओली–प्रचण्ड बैठक विना निष्कर्ष टुङ्गियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । झण्डै तीन घण्टा भएको छलफल विनानिष्कर्ष सकिएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेताहरुले पुरानै अडान दोहोर्याएपछि सहमति बन्न नसकेको बुझिएको छ । सत्तारुढ दल नेकपामा सरकारले गरेको राजदूतको नियुक्तिको सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद र रअका प्रमुखको नेपाल आगमनसमेतलाई लिएर विवाद हुँदै आएको छ ।

बालुवाटारमा अध्यक्षद्वयबीच सोही विषयमा छलफल भएको भएपनि कुनै सहमति हुन नसकेको हो।  बिहीबारको भेटमा पनि प्रचण्डले स्थायी समितिका निर्णयहरु कार्यन्वयन नगरेको पर्सामा नेता चौरसिया मृत्यु प्रकरणमा छानविनका लागि सरकारले तदारुकता नदेखाएको तथा कर्णाली विवादमा समस्या समाधान गर्नुको साटो चर्काउन खोजेको भन्दै असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज