प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा गम्भीर संकट आउन सक्ने बताएका छन्। बिहीवार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले पछिल्लो घटनाक्रमप्रति इंकित गर्दै उनले पार्टी र देशले ठूलो घटनाको समाना गर्नुपर्ने बताएका हुन्।
‘मुलुकमा गम्भीर खालको संकट आउनसक्छ त्यसलाई सामना गर्न तयार हुनुपर्छ भन्ने खालको कुरा प्रधानमन्त्रीले राख्नुभएको छ’, एक मन्त्रीले भने।
यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद उत्कर्षमा छ। बुधवारमात्रै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा मागिएको तर नदिने बताएका छन्।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा उनले कुनै हालतमा राजीनामा नदिने बताएका थिए।
पार्टीको पछिल्लो विवादबारे अहिले ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटरमा छलफल भइरहेको छ।