जारी आईपीएलमा काेलकाता पञ्जावद्वारा ८ विकेटले पराजित

हाम्राे प्रयास ।इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्स इलाभेन पञ्जाबले कोलकाता नाइट राइडर्सलाई हराएको छ ।

सारजहा मैदानमा राति सकिएको खेलमा पञ्जाब ८ विकेटले विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको कोलकोत्ताले दिएको १ सय ५० रनको लक्ष पन्जाबले १८ ओभर ५ बलमा २ विकेटको क्षतिमा भेट्टायो ।

यसअघि कोलकोत्ताले ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । जितसँगै १२ अंक जोडेर पञ्जाब चौथो स्थानमा उक्लिएको छ भने १२ अंक नै भएपनि रनरेटका आधारमा कोलकोत्ता पाँचौ स्थानमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज