बार्सिलोनाका अध्यक्ष मारियाद्वारा राजीनामा पेश

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले राजीनामा दिएका छन् ।

बार्सिलोनाको प्रदर्शन खस्किएको तथा कप्तान लियोनल मेस्सीसँगको खटपट बाहिरिएसँगै दबाब झेलिरहेका अध्यक्ष बर्टोमेउले पदबाट राजीनामा दिएका हुन् ।

उनी २०१४ मा क्लबको अध्यक्ष बनेका थिए ।बर्टोमेउको मेस्सीसंगको सम्बन्ध समधुर रहन सकेको थिएन । मेस्सीलेसमेत क्लब अध्यक्षको सार्वजनीक रुपमै आलोचना गर्दै आएका थिए ।

बर्टोमेउको नेतृत्वमा बार्सिलोनाले चार ला लिगा र एक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज