नेपाल सो-कोकुसिन कराते एसोसियनको उपाध्यक्षमा कार्की चयन

काठमाडौं । नेपाल सो-कोकुसिन कराते एसोसियनको उपाध्यक्षमा श्याम कार्की चयन भएका छन् । कार्कीलाई एक कार्यक्रममार्फत संस्थाका अध्यक्ष रामकृष्ण चित्रकार, वरिष्ठ उपाध्यक्ष भिमसेन कार्की लगायतले कार्यालयमा स्वागत गरेका थिए ।

कार्कीलाई बधाई तथा शुभकामना दिदै संस्थाका पदाधिकारीले एसोसियसन अब थप शशक्त भएर अगाडि बढ्ने बताएका थिए । सोही अवसरमा बोल्दै अध्यक्ष चित्रकारले खेलाडीको प्रोत्साहनका लागि काम गर्न आफू हरदम तयार रहेको बताउनुभयो ।

आफू संस्थामा रहँदा र नरहँदा पनि खेलाडीलाई आफ्नो तर्फबाट हुने सहयोग गर्न आफू तयार रहेको अध्यक्ष चित्रकारको भनाई छ । कागेश्वरी मनोहरा –७ बस्ने चित्रकार खेलप्रेमि तथा  समाजसेवीको रुपमा समेत चिनिनुहुन्छ ।

एशोसियसनले छिट्टै राष्ट्रिय स्तरमा खेलाडि उत्पादन गर्ने खालका कार्यक्रम ल्याउन लागेको महासचिव राजकुमार श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज