युएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत किंग्स इलावेन पञ्जाबलाई ७ विकेटले हराउँदै राजस्थान रोयल्स लिग तालिकाकाे पाँचाै स्थानमा उक्लिएकाे छ । पञ्जाबले दिएको १८६ रनको लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि बेन स्टोक्सले ५०, सञ्जु सामसनले ४८, रोबिन उथप्पाले ३०, स्टिभ स्थिले नटआउट ३१ र जोस बटलरले अविजित २२ रन बनाए । बलिङमा पञ्जाब टिमका क्रिस जोर्डन र मुर्गन आश्विनले एक/एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८५ रन बनायो ।उसका लागि क्रिस गेलले शानदार ब्याटिङ गरे । ३.४ ओभरमा जीवनदान पाएका गेलले आज ६३ बलमा ८ छक्का र ६ चौकासहित ९९ रनको योगदान दिए । त्यस्तै, कप्तान केएल राहुलले ४६, निकोलश पूरनले २२ र ग्लेन म्याक्सवेलले अविजित ६ रन बनाए ।
बलिङमा राजस्थान टिमका बेन स्टोक्स र जोफ्रा आर्चरले २/२ विकेट लिए ।
आजको जितसँगै राजस्थान पाँचौ स्थानमा उक्लिएको छ । उसले १३ म्याच खेल्दा ६ मा जित र ७ खेलमा हारको सामना गरेको छ । र, राजस्थानले तालिकामा १२ अंक जोडेको छ । पञ्जाबलेले पनि १३ म्याचमा ६ मा जित र सात खेलमा हार ब्यहोरेको छ । तालिकामा पञ्जाब नेट रेन रेटका आधारमा १२ अंकका साथ चौथो स्थानमा छ ।