तीन खोलाडी परिवर्तन गर्दा पनि दिल्लीले सन्दिपलाई दिएन मौका

तीन खेलाडी परिवर्तन गर्दा समेत इन्डियन प्रिमियर लिग(आइपीएल) टोली दिल्ली क्यापिटल्सले नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई मौका दिएन। आइपीएलमा अहिले मुम्बई इन्डियन्सले दिल्लीविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।

यस सिजनमा १२ खेल खेलिसकेको दिल्लीले सन्दीपलाई हेरक खेलमा बेन्चमै सीमित राखेको छ। सम्झौताका हिसाबमा दिल्लीसँग सन्दीपको यो अन्तिम सिजन हो।

अजिंक्ये रहाणे, तुषार देशपान्डे र अक्षर पटेललाई भने यस खेलमा दिल्लीले सुरुवाती ११ मा राखेको छैन। उनीहरुको स्थानमा दिल्लीले प्रविन दुबे, पृथ्वी शा र हर्षल पटेललाई मौका दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज