काठमाडौं
महानगरपालिकाको प्रमुख र उपप्रमुखमा नयाँ जोसजागरका साथ जनप्रतिनिधीहरुको ईन्ट्री भएपछि काठमाडौंबासीमा नयाँ आशा र उत्साह छाएको छ । मेयर बालेन शाह र उप मेयर सुनिता डंगोलले एक पछि अर्को नयाँ नयाँ कार्यहरु गरिरहेका छन् । साह र डंगोलले ब्याक टु ब्याक चमत्कारिक योजनाहरु सार्वजनिक गर्न थालेका हुन् ।
यसैबीच, बालेन र सुनिताले अर्को चमत्कारिक योजना सार्वजनिक गरेका छन् । यो कुराले काठमाण्डौ बासीमा खुसि छाएको छ । भारतको राजधानी नयाँ दिल्लीको अरविन्द केजरीवालकै झल्को दिनेगरी नयाँ योजना सार्वजनिक गरेपछि काठमाडौंबासी त भाग्य नै लिएर आएका रहेछन् भन्दै टिप्पणी हुन थालेको छ ।
काठमाडौं महानगरले आगामी आर्थिक वर्षदेखि घर–घरमै पुगेर स्वास्थ्य सेवा दिने भएको छ । महानगरले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिकहरूलाई घरमै पुगेर स्वास्थ्य परिक्षण गर्दै
आवश्यकताअनुसार औषधी वितरण गर्ने घोषणा गरेको हो ।
बालेन्द्रले भारतीय संघीय राजधानी भएको राज्य दिल्लीको सिको गर्दै जेष्ठ नागरिकलाई घर–घरमै पुगेर स्वास्थ्य परीक्षण तथा सेवा दिने योजना बनाएका हुन् ।
उक्त योजनाअनुसार नै महानगरले आगामी वर्षदेखि घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने नीति अघि सार्दै बजेट विनियोजन गरेको हो ।
यस्तै , विद्युतीय सार्वजनिक सवारी यातायात सञ्चालन गर्ने तथा सरकारी, सार्वजनिक, निजी, गैरसरकारी संस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पोखरी निर्माण गर्ने र पानी पुनर्भरण विशेष कार्यक्रम अघि सार्ने योजना समेत महानगरको बजेटमा समेटिएको छ ।
यस्तै , महानगरले काठमाडौँ महानगरपालिका केन्द्रीय कार्यालय रहेको वडा नं. ११ स्थित हरिभवनको प्रवलीकरण गर्नलाई समेत बजेट विनियोजन गरेको छ ।
महानगर उज्यालो कार्यक्रम, डबलीहरूको पुनःस्थापना र एमपी थिएटर निर्माण, सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधारमा गुणात्मक सुधार र फोहोरबाट विद्युत उत्पादन गर्ने प्लान्ट जडान गर्न समेत बजेट विनियोजन भएको छ ।
डिजिटल अर्बान सेक्युरिटी सिस्टमका लागि सिसिटिभी जडान, बस स्टपहरुमा परम्परागत शैलीको फल्चा निर्माण गर्ने तथा महानगरपालिकाको विपद जोखिम नक्सांकन गर्ने सम्मका योजना आगामी वर्षको बजेटमा समेटिएको उपमेयर सुनिता डंगोलले घोषणा गरिन् । केहि महिना अगाडी बजेट प्रस्तुत गरिएको थियो ।