परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ अनिवार्य

एक महिनापछि सञ्चालन हुने कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ ।

परीक्षार्थीलाई नोवेल कोरोना भाइरस कोभिड–१९ बाट जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार प्रत्येक विद्यालयले स्थानीय तह र स्वास्थ्य संघसंस्थासँग समन्वय गरेर हेल्थ डेस्कको व्यवस्था गर्नुपर्दछ । यस पटक कोरोनाका कारण होम सेन्टरमा परीक्षा सञ्चालन गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज