राजधामीमा छुरा प्रहार गरि हत्या, आरोपित दुई जना पक्राउ दुई जना फरार

राजधानीकाे धापासीमा छुरा प्रहार गरी युवकको हत्या भएकाे छ । तनहुँ घर भइ हाल धापासीमा बस्दै आएका २५ वर्षीय आशिष मगरको छुरा प्रहार गरी हत्या भएको हो । मगरले वाल पेन्टिङ गर्ने काम गर्दै आएका थिए ।

हत्या आरोपमा प्रहरीले दिवस अधिकारी, रवि थापा मगरललाई पक्राउ गरेको छ । आरोपित अन्य दुई जना अझै फरार छन् ।

काठमाडौं प्रहरी प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले फरारको खोजी कार्य जारी रहेको र पक्राउ परेकासँग सोधपुछ भइरहेको जनाए ।

छुरा प्रहारबाट ज्यान गुमाएका मगरको शव त्रिवि शिक्षण महाराजगन्जमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज