बोक्सीको आरोप लगाउँदै छोरा द्वारा आमाको हत्या

सिराहाको कर्जन्हा नगरपालिका ३ मा आफ्नै ९० वर्षिया आमा माथी बोक्सीको आरोप लगाउँदै हत्या गरेका छन । कात्तिक १२ गते आमा सुदामा देवीलाई बोक्सीको आरोप लगाउँदै उनकै कान्छा छोरा रामऔतार साहाले गाउँलेकै अगाडी बोक्सीको आरोप लगाई कुटपिट गरि मल मुत्र खुवाउने प्रयास गरेका थिए । कुटपिट बाट गम्भिर घाइते भएकी सुदामा देवीलाई प्रहरीले उद्धार गरेको थियो ।
शनिबार उनको अवस्था जटिल बनेपछि उनलाई सिराहा खस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा शनिबार साँझ उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल जयसवालले जानकारी दिए ।

छोराले घाँटी थिचेर कुटपिट गर्दा उनी गम्भीर बिरामी परेकी थिइन् । उनलाई सोहिदिन जनकपुरको प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । दुईदिनको उपचार पश्चात घर फर्काएको थियो।

छोराकी पत्नी बुहारी मनीषाको खुट्टामा घाउ भएपछि रामऔतारले आमामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै मलमूत्र खुवाउने प्रयास गरेका हुन्।

घटना लगतै फरार भएका राऔतारलाई दुईदिनपछि गएको शुक्रबार दिउँसो ३ बजे प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीका अनुसार पक्राउ परेका छोरा रामऔतारले अपराध स्वीकार गरिसकेका छन्। उनीमाथि हत्या अभियोगमा कारबाही प्रक्रिया अघि बढाएको सिरहा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज