प्रहरीले जुवा खेलिराखेको अवस्थामा पूर्व राज्यमन्त्री खोभारी रायसहित १० जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले विजेश्वरीको एक घरबाट उनीहरुलाई पक्राउ गरेको वृत प्रमुख डिएसपी निरञ्जन दत्त भट्टले जानकारी दिए । उनका अनुसार उनीहरुको साथबाट १ लाख ५३ हजार रुपैयाँ नगद पनि बरामद भएको छ ।
जुवाको खालबाट पक्राउ परेका खोभारी राय २०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका थिए ।
उनी हालसम्म तीन पटक राज्य मन्त्री भएका छन् । २०५२ सालमा शेरबहादुर देउवाको पालामा, २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा र २०६८ सालमा डा बाबुराम भट्टराईको पालामा राज्यमन्त्री बनेका थिए ।
विवादित छविका खोभारी राय २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि राजनीतिमा सक्रिय छैनन् ।